साउन, काठमाडौं २० : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री बन्नु भएको हो । उहा्ँ नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको बताइएको हो ।
मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा एक जना मन्त्री नियुक्त गर्ने तयारी छ ।
