साउन काठमाडौं , २० : जल तथा मौसम विज्ञान विभागलेबुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
विभागले पूर्वराप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।
विभागका बाढीविद्ले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको बताएको छ । बाढीविद्ले बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको बताएको छ ।
