भदौंं,काठमाडौं १७ : प्रधानमन्त्री बालेन शाहले बाढीपछि रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको बताउनु भएको हो ।
उहाँले घाइते शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताउनु भयो ।
सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताउनु भएको छ ।
घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि गरिरहेको कामबारे सदनलाई जानकारी गराउनु भएको छ।
