माग २४,काठमाडौं:शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.६४ अङ्कले घटेर २ हजार ६ सय ९९.८१ विन्दुमा झरेको छ ।
आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
