साउन,काठमाडौं २१ : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी गर्न निर्देशन दिनुभएको छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्युआरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउने बताइएको छ ।
मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौबुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गर्नु भएको थियोे ।
मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीलाई बताउनुभएको थियो । गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन गर्ने तयारी गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय रहेको उल्लेख गर्दै अनुगमनमा कडाइ गर्ने बताउनुभएको छ ।
