३० वैशाख,काठमाडौं । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव भेटिएको छ । नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाले बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव भेटिएको जानकारी दिनुभएको छ ।
डीएसपीका अनुसार घटनाको प्रकृति हेर्दा दाजु–भाइमाथि पुरानो रिसिइबी साँधेर गोली हानी हत्या गरेको जस्तो देखिन्छ । तर गोली नै प्रहार भएको भन्नेबारे यकिन साथ भन्न सकिने अवस्था नरहेको उहाँकाके भनाई छ ।
मृत फेला पर्नेमा म्यागङ गाउँपालिका–४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् । लामाका अनुसार बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो ।
