असोज काठमाडौं ८ : गाजा क्षेत्रमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि उनकी बहिनी पुष्पाले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने भएकी छन् ।
यसै सन्दर्भमा उनी आज ९बुधबार० साँझ आमासँगै संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् ।पुष्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिँदै दाइको रिहाइका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले अमेरिका जान लागेको जानकारी दिएकी हुन् । यसअघि उनीहरू इजरायल पनि पुगेर विभिन्न निकायमा विपिनको रिहाइका लागि पहल गरेका थिए ।
पुष्पाले यसअघि पनि अन्तर्रा ष्ट्रिय मित्रहरू र विश्वभरका नेपाली दुवैबाट ठुलो सहयोग प्राप्त भएको स्मरण गर्दै यसपटक पनि सबैबाट साथ र सहयोगको अपेक्षा राखेकी छन् ।
उनले विश्वभरका नेपालीलाई आ(आफ्नो भाषामा विपिनको सुरक्षित रिहाइका लागि आवाज उठाउन अपील गरेकी छन् । हमासले गरेको आक्रमणपछि विपिन बन्धक बनाइएका थिए ।
