जेष्ठ ५ काठमाडौ : आईपीएल क्रिकेटमा मुम्बई १८ रनले पराजित भएको छ । 
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हराएको छ ।
गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो ।
उसका रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो ।
उसका निकोलस पुरनले ७५ र केएल राहुलले ५५ रन बनाए । जितसँगै लखनउको १४ खेलमा १४ अङ्क भएको छ । लखनउ तालिकाको छैठौँ स्थानमा छ ।
मुम्बई १४ खेलमा ८ अङ्कका साथ पुछारमा रह्यो ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० र चेन्नई सुपर किंग्स भिड्दै छ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।
