जेष्ठ २, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताउनु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिनु भयो । उहाँले संसद भोलिबाट सुचारु हुनुपर्ने बताउनु भयो ।

‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्नेहरु कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्नेहरु कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने ? ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन।
कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’उहाँले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोख्नु भयो ।
