साउन,काठमाडौं ३० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।
महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्ररुपमा विस्तार भइरहेको एआइ र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्ने बताउनु भएको हो । उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूलन गराउने क्षमता बढाउनुपर्ने बताउनु भयो ।
विशेष गरी १६ देखि २७ वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद, रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने बताउनु भएको छ ।
