साउन ३२,काठमाडौं : कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।
व्यवसायीहरूले प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयको मूल गेटमा प्रहरीले छेकबार लगाउन खोजे पनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् ।
संघका उपाध्यक्ष उज्वल चौलागाईंले व्यवसायीलाइ उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको भन्दै जस्तोसुकै घेरा तोड्ने चेतावनी दिनु भयो । उहाँले बन्द सटरको साँचो बुझिलिन उपमहानगर नेतृत्वलाई आग्रह गर्नु भयो ।
