फागुन २० ,काठमाडौं : काठमाडौं महानगरपालिका विरुद्ध कवाडी व्यवसायीहरुले पानीमा रुझ्दै प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलित कवाडी व्यवसायीहरूले आइतबार आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नाराजुलुस गरेका हुन् ।
कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध र्याली गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइरहेको छ ।
