पुस,काठमाडौं ११ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवार सिफारिस भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको सञ्चार–सांस्कृतिक महाशाखा (पार्टी जिल्ला कमिटी)को शुक्रबार बसेको बैठकले उहाँको नाम सिफारिस गरेको हो । महाशाखाका अध्यक्ष बुद्ध लोप्चनको अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको अध्यक्ष बुद्ध लोप्चनले जानकारी दिनु भयो ।
कमलामाई नगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा रत्न विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको बटुल्नु भएका उहाँ हाल सौर्य दैनिक पत्रिकामा आबद्ध हुनुहुन्छ। प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहनु भएका पत्रकार रत्न नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहसचिव हुनुहुन्छ।
पत्रकारिताको अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासनविरुद्धको अभियान समेत सञ्चालन गर्दै आउनु भएको छ ।
