साउन,काठमाडौं २४ : कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु ४७ जना द्धाइते भएका छन् । धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो । घाइतेहरूको उपचार भइरहेको छ ।
घाइते मध्य एक जनाको अवस्था गम्भिर भएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ । उक्त झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टराई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको हो । शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो ।
कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ ।
